Sahitya

गजल
सधै त्यही गाउँको बयान भनेर ,
छोडि गए सबले मसान भनेर ।

भाईले दाईमार्न खुकुरि समायो ,
यहि हो गोर्खालिको पहिचान भनेर ।।

आमा कति छाक भोकभोकै बसिन ,
हुर्काउछु यि सन्तान भनेर ।।।

कसैले नेपालि भुमि बेच्दैछ ,
सिमामा गएर राष्ट्रिय गान भनेर ।।।।

चोरले घरछेवैमा ठुलो मन्दिरबनायो ,
छुटाईदे यो पाप भगवान भनेर ।।।।।

उ खान नपाई भोकभोकै मर्यो ,
प्रचार गरेछन ईश्ववरको वरदान भनेर ।।।।।।



-कमल पो. (समरको यात्री)
फेरि अर्को अपुरा रहर बनाउन
भन्दैछ मन बालुवाको घर बनाउन

यहाँ बाच्नको लागि ईमान बेच्नु पर्छ
कसले सुरु गर्यो यस्तो शहर बनाउन

मजदुरलाई मालिकले पाउ ढोगाउदैछ
भन्ने छ पक्कै बराबर बनाउन ।

था छैन भगवानले कुन जुक्ति लगायो
तिमिलाई यो बिधि सुन्दर बनाउन ।



४ मुक्तक
देश चलखेल र दलालअहरुको दाउमा नपरोस
  वजेट जति भ्रष्टहरुको भाउमा नपरोस
 महङ्गीले विद्मार्थिलाई यस्तो नहोस कि,
 कलम किन्न शिर कसैको पाउमा नपरोस।।।
           ****
पैसासगँ हर््दयका गुनसाटेको देखियो
विक्रितिसँग मौलिकताको धुनसाटेको देखियो
स्वर्थि ससारमा विचित्रका मान्छे रहेछन यहाँ
पराईको नुन सगँ आफन्तको खुन साटेको देखियो।।।
                             
                       ****
अन्याए र अत्याचार सगँ हरेक दिन लडनु प¥या छ
दुखै दुख को बाटो मा काडा पन्छाउदै शिखर चडनु प¥या छ
खै के के ले हो छिमेकिका त लोडसेडिङ्गमा नि घर झलमल्ल  छ,
आफलाई भने सधै यहि टुकि मा पढ्नु प¥या छ।।।
                
                     ****
पढाईको कुरै नगर्नु छोरो जे मानि फस भाछ बा
प्रशंशा अनि राम्रो कामको जस भाछ बा
पोखरा बसेर धेरै पैसा खर्च ग¥यो भन्न होला
यता भने ५ को कलम को मुल्य बढेर दस भाछ बा।।।
         ****

No comments:

Post a Comment