पातलिदै छ गाउबसति



माछापूच्छ्रे को काख समथर भुभाग अनि पोखरेलहरुको कर्मभुमि काङमाङ्गवस्ति वास्तवमै एक नमुना ठाउँ । यहि भुमिमा हाम्रा धेरै पुर्खाहरुले जिवन विताए, एउटा इतिहास रचे अनि हामीले पच्छ्याउन लाएक बाटो देखाए । यो उर्वर भुमि मा हामी जन्मन पाउनु पनि गर्भ को बिषय हो । सबै मानिस शिक्षित मिलनसार, विवेकि, अनुसासित अनि विक्रिति बाट टाढा रहेको यस क्षेत्रकै यो नमुना गाउँ ।
 तर आज शहरपलाएनको प्रभाव ले यो सन्दर गाउँलाइ पनि अक्षुतो राख्न सकेन । अवसर को खोजि अनि सुघम बस्तिको खजिले गर्दा होला आजकल यो गाउँ सुन्य लाग्न थालेको छ । रोजगार र अवसर को खोजिमा बाहिरिने क्रमले यो वस्तिमा युवाहरु नगन्य मात्रमा छन,। सुन्दर भुमि भईकन पनि यो ठाउँमा विगत १५, २० बर्ष देखि एउटा पनि घर सङख्या थपिएको छैन भने वसाईसराईको क्रम बढदो छ । यो भुमि ले धेरै सन्तति हरु जन्माईसकेको छ धेरै लाई ठुलोमान्छको उपाधि दिएको छ र पनि आज आफु एकलिने स्थितिमा पुगेको छ । कत्रो जमघट कत्रो भलाकुसारि अनि छलफल हुने यो थलो मा आज गाह्रो साह्रो पर्दा हाआर गुहार गर्ने मनिसको पुनि अभाव हुने स्थिति आईसकेको छ । यो क्रमले अव पोखरेलहरुले सदयुग देखि जिवनविताउदै आएको यो पुरानो वस्तिको अस्तित्वनै खतरामा पर्न थालको छ । आफ्नो जन्मभुमि अनि पुर्खाहरुको अस्तित्वलाई हामीले खतरमा पारेमा हामीलाई माटोले सराप्ने छ । अवसरहरुको सिर्जना गर्दै यो माटोको माया गरेर मेहनती हातहरु खियाउन सकेमा अझैपनि हामीलाई यो भुमि ले धेरै कुरा दिनसक्छ ।।।

No comments:

Post a Comment