नेपाल आफ्नै जस्तो लाग्छ

सुन्दैछु तराईलाई पहाडसँग जोडिन मन छैन रे
सायद गुराँस को रातो रंङ्ग मन परेन होला
अनि त्यो सेतो हिमालसँग दुश्मनी बढ्यो होला
मन परेन होला ठुला ठुला पहाडहरु,
भिरहरु, पाखाहरु
हात्ती , गैडा सँग रमाउँदा रमाउँदै
सानो लाग्यो होला डाँफे
मत सबैले भन्ने गरेको पहाडे बाहुन
मलाई कुनै राज्य छुट्याइएन
त्यसैले त सबै राज्य आफ्नै जस्तो लाग्छ
सिङ्गो नेपाल मेरै हो जस्तो लाग्छ
मिथिला हाम्रै हो जस्तो लाग्छ
लुम्बिनी आफ्नै जस्तो लाग्छ ।

No comments:

Post a Comment