मनको आखा



साझ साझ को बेला थियो  म के. आई. सिङ्ग पुलको बाटो हुदै तल आइरहेको थिए बगर आउनै लाग्दा पिपल चौतारी छेऊ को एउटा दृश्य ले मेरो पाईला लाई अगाडि बढ्न दिएन । बाटाकै छेउमा ६/७ जनाको एउटा समुह देखे ति मानिसहरुमा अनेकौ विविधताहरु हुदो हो र पनि मइले एउटा समानता देखे सबैको हातमा सेतो छडि देखे ।  यि दृश्यहरु नौला हैनन र पनि मनमा अनेकौ कुरा खेले र यिनै कुराहरुलाई अक्षरहरुमा कैद गर्न मन लाग्यो । मैले देख्दा ति दृष्टि बिहिन हरुको समुह आपसमा हात मिलाउदै थिए सायद दुष्टि को अभाव ले नै होला उनीहरुले एक आपसका हात भेटाउन निकै समय लगाए कति पटक एउटा हातले अर्को हातको हैन हावाको मात्र स्पर्श ग¥यो र पनि  उनिहरुको अनुहारमा एक किसिमको चमक भने छाईनै रहेको देखे सायद आफु जस्तै अनि मन मिल्ने अर्दश्य हितैशि हरु भेटे होलान । ति दृश्यहरु बाट सहजै अनुमान गर्न सकिन्थ्यो उनिहरु कति मिठो आत्मियता साटदै छन भनेर । हामि दृष्टि  हुनेहरु हात खोसि खोसि मिलाउछौ र त्यो स्पर्शमा आत्मियता कमै देखिन्छ  अनि कति औपचारिकता मात्रै हुन्छन त्यसैले त मनै नमिल्ने हरु सगँ पनि हामी हात चाहिँ जोडिदिन्छौ मन हैन । PN क्याम्पसको वरिपरि यस्ता धेरे  दृष्टि  बिहिन हरु छन मैले सुनेको उनिहरु पढाइमा अत्यन्तै तिक्ष्ण हुन्छन रे । हामी दृष्टि  भएका हरुले अरु राम्रा देख्छौ अरुको  राम्रो देख्छौ संसारका धेरैकुरा देखेका छौ अनि त महत्वकाङ्छि हुन्छौ मनमा अनेकौ कुण्ठा बोकेर हिडछौ र न त दिमाख एकिकृत गर्न सक्दैनौ तर उनीहरुलाइ न राम्रो के हो था छ न अरु प्रति इश्र्यानै त्यसैले उदाहरणनिय पात्र बन्छन । हाम्रा यि आँखाहरु बढि अरु प्रति कु दृष्टि  राख्नलाई नै खर्चे  नजिकै कसैलाई दुख परेको देखेनै टाढाको कसैले केहि प्रगति ग¥यो भनै त्यसैमा आँखा गाडछौ हामी सपाङ्ग भइ कन पनि मनका अपाङ्ग छौ तर उनिहरु मनका सपाङ्ग छन् । यो आखाँले हामीलाई ससार देखायो राम्रो कुरा नराम्रा कुरा सबथोक देखायो अनि यिनै बाहिरि पाउरफुल आखाँहरुको दम्भले गर्दा मनको आखाँ कहिल्यै उघारने कष्ट गरेनौ । मनको आखाँभरि बादल लाग्दा पनि आफुलाई सधै राम्रो नै दैख्यौ । अन्त्यमा यि कुरा न लेखेर टुङ्गिन्छन न भनेर सकिन्छ त्यहि हो थोरै मात्र भएपनि ति दृष्टि  बिहिन बाट पाठ सिकौ अनि आफलाई एकपटक उनिहरुको ठाउँमा राखेर हेरौ त्यसपछि केहि बुझिएला ............ । "अपाङ्गहरु पनि हामी जस्तै मानीस हुन उनीहरुलाई माया ममता र सहयोग गरौ ।"               - कमल पोखरेल घाचोक-२ कास्की

No comments:

Post a Comment